
बैतडी:

बैतडीको मेलौलीमा सम्पन्न १४ औँ बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मेलौली नगरपालिकाले उचालेको छ । मेलौली भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखी सुरु भएको रनिङ शिल्डको उपाधी मेलौलीले उचालेको हो ।
शिल्ड हात पार्न सफल गरेको मेलौली नगरपालिकाले १४ स्वर्ण, ६ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।

द्वितीय स्थानमा चित्त बुझाउन सफल पुर्चौडी नगरपालिकाले ६ स्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गरेको छ ।
तृतीय स्थान हासिल गरेको दोगडाकेदार गाउँपालिकाले ६ स्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको छ ।
पाटन नगरपालिकाले ५ स्वर्ण ९ रजत र १ कास्य प्राप्त गरेको छ ।
सिगास गाउँपालिकाले ५ स्वर्ण १ रजत ३ कास्य प्राप्त गरेको खेलकुद प्रशिक्षक दिपेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
शिवनाथ गाउँपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गरेको छ ।

दशरथ चन्द नगरपालिकाले २ स्वर्ण, १३ रजत र १२ कास्य प्राप्त गरेको छ ।
डिलासैनी गाउँपालिकाले १ श्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरेको छ ।
सुर्नया गाउँपालिकाले १ स्वर्ण र ४ कास्य प्राप्त गरेको छ ।
पञ्चेश्वर गाउँपालिका पदक बिहिन बनेको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, लगायतका खेल भएका थिए । आज एक कार्यक्रमका बीच प्रतियोगिताका विजेता टिम र खेलाडीलाई शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगिता मेलौली भगवती मन्दिरको प्राङ्गणमा यहि माघ २६ गतेबाट सञ्चालन भएको थियो।
प्रतियोगितामा १० स्थानीय तहका एकहजार वढी खेलाडी र प्रशिक्षक सहभागी भएका थिए। बास बस्नको लागि सबै पालिकाका खेलाडी लगायत प्रतिनिधिहरुलाई छुट्टाछुट्टै होटलको व्यवस्था मिलाईएको थियो।
प्रतियोगिताको पुर्वमन्त्री तथा संघीय सांसद दामोदर भण्डारीद्धारा उद्घाटन गरेका थिए। उद्धघाटन समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, प्रदेश सभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, १० ओटै पालिकाका प्रमुख तथा उपप्रमुख सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।






























