
बैतडी:

“स्वास्थ्यका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ माघ २६ गते देखि २९ गते सम्म मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा सम्पन भएको बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकालाइ विभिन्न स्थान हासिल गराउन हौसला बढाउने सबैलाइ सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले धन्यवाद दिएका छन ।
मेलौली भगवती माताको खेलकुद मैदानमा माघ २९ गते सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकालाइ विभिन्न स्थान हासिल गर्न हौसला प्रदान गर्ने सबैलाइ शिक्षा अधिकृत भट्टले धन्यवाद दिएका हुन् ।

उहाँले बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकालाइ सफलतामा साथ, सहयोग र हौसला दिनुहुने सिगास गाउँपालिका, सम्पूर्ण विद्यालयहरू, प्रत्यक्ष रूपमा खटिने टीम, समाजसेवी, बुद्धिजीवी वर्ग, अभिभावक, सहभागी छात्रछात्राहरू, पत्रकार मित्रहरू, जिल्ला खेलकुद समिति, लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला दिई सफलताको यो स्थानमा पुर्याउनुहुने सम्पूर्ण शुभेच्छुक मनहरूमा हार्दिक नमन प्रकट गर्नुभएको छ ।
।
बैतडी जिल्लाका १० स्थानिय तहको सहभागिता रहेको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकाले ४ स्वर्ण, १ रजत र १ काश्य पदक गरी कुल ९ पदक हात पार्न सफल भएको थियो ।
छात्र तर्फको भलिबल प्रतियोगितामा सिगासले दशरथ चन्द नगरपालिकालाइ पाखा लगाउँदै प्रथम स्थान हासिल गरेको थियो । यस्तै ३ हजार मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गरेको सिगास गाउँपालिकाले १५ सय मिटर छात्र छात्रा दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो ।

कडा प्रतिस्पर्धा सहित ८ सय मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गरेको सिगास गाउँपालिकाले ५५ के.जी छात्रा कराँतेमा द्वितीय, ४७ के.जी छात्र कराँतेमा तृतीय, ५२ के.जी छात्र कराँतेमा तृतीय स्थान हासिल गर्दै सफलता हात पारेको थियो ।
यस्तै ४×४०० मिटर छात्र रिले दौडमा तृतीय स्थान हासिल गर्न सफल भएको सिगास गाउँपालिकाले शारदा माध्यमिक विद्यालय ढुङ्गाडमा अध्ययनरत छात्र रेमन विक बैतडी जिल्लाकै उत्कृष्ट खेलाडीमा नाम राख्दै इतिहास रच्न सफल भएको छ ।
यस्तै छात्रा एथलेटिक्समा शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीकी छात्रा बैतडी जिल्लाकै उत्कृष्ट खेलाडी बन्न सफल भइन् भने सिगास गाउँपालिका छात्रा एथलेटिक्समा जिल्लाभरिमा ३ स्वर्णसहित तृतीय स्थान हासिल गर्दै इतिहास रच्न सफल भएको छ ।
बैतडी जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू लाइ शिक्षा अधिकृत रमेश प्रसाद भट्टले आगामी दिनमा पनि खेलकुद क्षेत्रमा यस्शुतै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेका छन् ।
सिगास गाउँपालिकामा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी रहेको बताउदै खेलाडीले समग्र सिगास गाउँपालिका चिनाउन अतुलनीय भूमिका निर्वाह गरेको बताए ।





























