शिवलिङ्ग मावि धौलाडीले गर्यो स्वर्ण पदक विजेतालाइ १५ हजार नगदसहित सम्मान

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ धौलाडीमा रहेको शिवलिङ्ग माध्यमिक विद्यालयले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।

माघ २६ गते देखि माघ २९ गतेसम्म स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ मेलौली भगवती माताको खेलकुद मैदानमा सम्पन्न १४ औँ बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा उक्त विद्यालयबाट सहभागिता जनाएका ३ जना विद्यार्थीले सिगास गाउँपालिका लाइ ४ स्वर्ण दिलाएका थिए । स्वर्ण पदक दिलाएका तीनै जनालाई एकमुष्ट १५ हजार रुपैँया उपलब्ध गराउँदै सम्मान गरिएको विद्यालय परिवारले जनाएको छ ।

nawajiwan
Attariya Hospital

शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीमा अध्ययनरत छात्रा देवकी कुमारी धामीले ३ हजार मिटर छात्रा दौड र १५ सय मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गर्दै २ स्वर्ण पदक दिलाएकी थिइन। यस्तै सोही विद्यालयका छात्र टेक सिंह बोहराले १५ सय मिटर छात्र दौडमा प्रथम स्थान हासिल गर्दै १ स्वर्ण पदक दिलाएका थिए ‌। सोही विद्यालयकी छात्रा मन्जु कुमारी धामीले पनि ८ सय मिटर दौडमा प्रथम स्थान हासिल गर्दै स्वर्ण दिलाएकी थिइन ।

५ हजार विद्यालय व्यवस्थापन समिति बाट र १० हजार र विद्यालय शिक्षकहरुको तर्फवाट रकम संकलन गरि प्रोत्साहन स्वरुप १५ हजार रुपैया तीनै जनालाई एकमुष्ट रुपमा १५ हजार रुपैया उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक देव सिंह बोहराले जानकारी दिए ।

Advertize US