बैतडीमा रुखले च्यापिएर बैतडीमा एकजनाकाे मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बैतडीः रुखले च्यापिएर बैतडीमा आज एकजनाकाे मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका- ५ अडतोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयो ।

CP Hospital Dhangadhi

घरनजिकै रहेकाे जंगलमा सल्लाकाे रूख काटिरहेका प्रकाशलाई रूखले च्यापेकाे थियाे।
बिहान ११ रुखले च्यापिएर घाईते प्रकाशलाई उपचारको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा मृत घोषणा गरेको थियाे। प्रकाशकाे टाउको र शरिरका विभिन्न भागमा गम्भीर चाेट रहेकाे थियाे। मृतकको शव पाटन पाटन प्राथमिक स्वास्थ्य केन्द्रकै राखीएको छ ।

प्रकाश सिद्देश्वर मावि पाटन-१ मेल्चोरामा कक्षा १० मा अध्ययरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur