
बझाङमा दादुरा रुबेला रोग विरुद्धको खोप अभियान संचालन हुने भएको छ । आज सरोकारवाला निकाय सँग अन्तरक्रिया तथा छलफल गदै दादुरा रुबेला रोग विरुद्धको खोप अभियान संचालन गर्न लागीएको जानकारी गराइएको हो ।
दादुरा रुेबेला खोप अभियान २०८० ÷८१ को औचित्य ,कार्यनिती र सञ्चालन प्रक्रियाबारे जानकारी दिन, स्थानीय तह र स्वास्थ्य सँस्थास्तर सम्म सञ्चालन गरिने दादुरा रुबेला खोप अभियानका क्रियाकलापहरुको बारेमा समितीलाइ जानकारी गर्न ,अभियान सफल बनाउन सबै तह बिच समन्वय,सहकार्य र सहजिकरणको लागी तहगत भुमिका र जिम्मेवारीको बारेमा छलफल गरी योजना बनाउने उदेश्यले स्वास्थ्य कार्यालय बझाङले कार्यक्रमको आयोजना गरेको हो ।
फागुन १३ गते देखि १७ गते सम्म जिल्लाका ९ महिना देखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिन लागिएको छ । सो अभियान यो भन्दा पाँच वर्ष अघि सम्पन्न भएको र अहिले बिभिन्न जिल्लामा दादुरा रुवेलाको महामारी देखिएकाले जिल्लामा पनि जोखिम रहेको भन्देै दादुरा रुवेला खोप अभियान सुरु गर्न लागीएको हो ।
खोप अभियानको लागी जिल्लामा १ सय ४७ खोप केन्द्र तोकिएको छ भने १ सय ४७ स्वास्थ्य कर्मि,२ सय ९४ जना स्वास्थ्य स्वयमसेबीका खटाइने स्वास्थ्य कार्यालयले जनाइएको छ । जिल्लाका केहि बालबालिका खोपको पहुच बाट बाहिर रहेकाले खोप लगाउन छुटेका बालबालिकाहरुको समेत पहुचमा ल्याउने गरी अभियान सञ्चालन गर्न लागीएको हो । जिल्लामा १८ हजार ३ सय ७६ बालबालिकाहरुलाइ दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख लाल बहादुर धामीले बताउनुभयो ।
कार्यक्रमको समापन गदै जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहराले खोपले पहिलेको तुलनामा मृत्युदर घटेको बताउदै अझै छुटेका बालबालिकालाइ पहुचमा ल्याउन सबैले आफनो तहबाट भुमिका निभाउन अनुरोध गर्नुभयो ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपक ऐडिले सञ्चालन गर्नुभएको कार्यक्रममा खोप अभियानको औचित्य, कार्यनिति र खोपमा जिल्लाको अबस्थाको बारेमा स्वास्थ्य कार्यालयका सिनियर खोप अधिकृत भानुभक्त जोशीले स्वागत मन्तव्य गदै जानकारी गराउनु भएको थियो ।
जिल्ला समन्वय समितीका प्रमुख एबम खोप समन्वय समितीका अध्यक्ष नर बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वामित्र कुइकेल, बिभिन्न कार्यालयका प्रमुख, पालिकाका प्रमुख प्रशासकिय अधिकृत, पत्रकार लगाएको सहभागीता रहेको थियो ।

































