
डोटी: डोटीको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल प्रा.लि.ले उपचार सम्बन्धि सम्पूर्ण सेवामा १० प्रतिशत शुल्क घटाएको छ ।

पछिल्लो पटक देशमा छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै आम नागरिकको स्वास्थ्य उपचार सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले शुल्क घटाएको हो ।

अस्पतालका सञ्चालक एवं प्रबन्ध निर्देशक आई.जंग कुँवरले सार्वजनिक सूचना जारी गर्दै फाल्गुन ६ गतेदेखि उक्त सेवा शुल्क घटाइएको जानकारी दिए ।

शैलेश्वरी अस्पतालले वि.सं. २०६९ सालमा स्थापना भएर ११ वर्षदेखि स्वास्थ्य उपचार सेवा दिदै आएको छ ।






























