कार्यसम्पादनमा बाजुराको त्रिबेणी नगरपालिका जिल्लाकै प्रथम

Image
Nisarga Hospital

अत्तरियाः कार्यसम्पादन मूल्यांकनमा बाजुराका ९ वटै पालिकामध्ये सबैभन्दा बढी अंक ल्याएर त्रिबेणी नगरपालिका प्रथम बनेको छ ।

CP Hospital Dhangadhi

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार त्रिबेणी नगरपालिका ३९.९७ अंक प्राप्त गरी जिल्लामै प्रथम बनेको हो ।

यस्तै ३४.७१ अंक प्राप्त गरी बुढीनन्दरा नगरपालिका दोस्रो बनेको छ भने बुढीगंगा नगरपालिका जिल्लाकै कमजोर बनेको छ । बुढीगंगाले १८.२७ अंक प्राप्त गरेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa


आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ ।

जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

Dhnagadhi & Krishanapur