विश्वकै सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिला एकसाथ भेटघाट भएपछि…

Image
Nisarga Hospital

विश्वका सबैभन्दा अग्ला ४१ वर्षीय व्यक्ति टर्कीका सुल्तान कोसेनले मंगलवारका दिन विश्वकै सबैभन्दा होचि ३० वर्षीया महिला भारतकी ज्याती अमागेसंग भेटघाट गरेका छन् । सुल्तानको उचाई आठ फीट २ दशमलव ८ इञ्च छ भने ज्योती दुई फिट सात इञ्च अग्ली छिन् ।

CP Hospital Dhangadhi

दुबैको यो दोस्रो पटकको भेटघाट क्यालिफोर्नियामा भएको हो । योभन्दा पहिला दुबैले सन् २०१८ मा भेटघाट गरिसकेका थिए । मंगलवार भएको भेटघाटपछि दुबै फोटो सेशनमा सहभागि भए ।दुबैको नाम गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएको छ । द इन्डिपेन्डेन्टका रिपोर्टका अनुसार २००९ मा सुल्तानको नाम संसारका सबैभन्दा अग्लो पुरुषको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको थियो । त्यसपछि अहिले उनको उचाई दुई इन्च अझ बढेको छ । सुल्तान पेशाले किसान हुन् । उनी टर्किस भाषाबाहेक अन्य भाषा बोल्न सक्दैनन् ।

आफ्नो कुरा संसारसम्म पुर्याउनका लागि उनलाई ट्रान्सलेटरको आवश्यकता पर्छ । ज्योती भने हिन्दी, मराठी र केहि हदसम्म अंग्रजी बोल्न सक्छिन् । क्यालिफोर्नियामा सुल्तान र ज्योतिले संगै ब्रेकफास्ट गरेर केहि समय सञ्चार माध्यमका लागि फोटो सेशनमा पोज दिए । यो भन्दा पहिला दुबैको इजिप्टमा भएको थियो । त्यो समयमा उनीहरुले एउटा फोटो खिचाएका थिए ।

nawajiwan
Attariya Hospital

सुल्तान कसरी यति अग्ला भए ?- मेडिकल साइन्सको हिसाबले सुल्तानको उचाई समान्य होइन । मेडिकल टर्ममा उनी एक्रोमेगले रोगले पीडित छन् । यो रोग पिट्यूटरी ग्ल्यान्डमा ट्यूमरका कारणले हुन्छ । यो ट्यूमरले ग्रोथ हार्मोन सामान्य हुँदैन र जब यसको ब्यालेन्स बिग्रन्छ, तब गिवेनेटिज्म प्रोसेस हुन्छ । यहि कारणले उचाई सामान्य हुनुको साटो तिव्रताका साथ बढ्छ ।

२०११ मा सुल्तान भर्जीनिया यूनिभर्सिटीको मेडिकल सेन्टर पुगेका थिए । त्यहाँ उनको उपचार भयो र पछि उनको उचाई बढ्न बन्द भयो । सुल्तानको नाडीबाट माझि औंलाबीच ११।२२ इन्चको अन्तर रहेको छ । उनको नाम संसारको सबैभन्दा ठूलो हत्केला भएको व्यक्तिको रुपमा पनि रेकर्ड छ । यसबाहेक उनको खुट्टाको पञ्जा पनि सबै भन्दा ठूलो छ । खुट्टको लम्बाई १ फीट २ इन्च छ । ज्योतीको लम्बाई सुल्तानको लम्बाईको एक चौथाई छ । सुल्तानको जुत्ताको लम्बाई झन्डै ज्योतीको हाइट बराबर छ । जुन कुरा फोटोमा देख्न सकिन्छ ।

ज्यातीको उचाई सामान्य किन छैन ?– ज्याती अमागे कलाकार हुन् । उनको उचाई २.७ फीट छ । मेडिकल टर्मका अनुसार कुरा गर्ने हो भने ज्याती एकन्ड्रोप्लासिया नामक रोगबाट पीडित छिन् । यो रोग उचाई नबढ्नेसंग सम्बन्धित विशेष रोग हो । ज्यातीले १६ डिसेम्बर २०११ मा १८ औ जन्मदिन मनाएकी थिइन् । यहि दिन उनको नाम गिनीज बुक अफ वर्ल्ड रेकर्डमा संसारको सबैभन्दा होचो महिलाको रुपमा दर्ता गरिएको थियो । २०१४ मा ज्योती अमेरिकी टेलिभिजन शोमा पनि देखिसकी छिन् । २०१८ मा इजिप्ट टूरिज्म प्रमोशन बोर्डले उनलाई एउटा इभेन्टका लागि सुल्तानका साथ निमन्त्रित गरेको थियो ।