हिंसा पीडितको लागि प्रभावकारी बन्दै जिल्ला अस्पताल बझाङमा रहेको ओसीएमसी

Image
Nisarga Hospital

बझाङः जिल्ला अस्पताल बझाङको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट सेवा लिनेको संख्या बढ्दै गएको छ । ओसिएमसीबाट जबरजस्ती करणी, शारीरिक र अन्य हिंसा पीडितलाई निःशुल्क उपचार तथा परामर्श दिने काम हुँदै आएको छ । जिल्ला अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएसी) बाट सेवा लिने लैङ्गिक हिंसा प्रभावितको संख्या बढ्दै गएको हो । लैङ्गिक हिंसा प्रभावितलाई एकीकृत र प्रभावकारीरुपमा एकै स्थानबाट सेवा दिने उद्देश्यले २०७६ साल बैशाखबाट अस्पतालमा ओसिएसी स्थापना गरेर सञ्चालनमा ल्याइएको हो।

CP Hospital Dhangadhi

लैङ्गिक हिंसाका कारण शारीरिक, मानसिक, यौनजन्य, आर्थिक तथा सामाजिक समस्यामा परेका व्यक्तिलाई केन्द्रबाट उपचार, मनोपरामर्श र कानुनी लगायत सेवा दिइने गरेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएसी) का फोकल पर्सन शान्ति अबस्थिले बताउनुभयो ।
ओसिएमसीबाट पीडितको स्वास्थ्य उपचारसँगै मनोपरामर्श, कानुनी परामर्श र सहयोग, सुरक्षा तथा पुनर्स्थापनामा सहयोग गर्ने गरिएको छ। त्यस्तै हिंसा प्रभावितलाई बस्ने र खाने व्यवस्था समेत ओसिएमसीबाट हुने गरेको अबस्थिले बताइन्।

जिल्ला अस्पतालको ओसिएमसी बाट चालु आर्थिक २०८०/८१ को माघ मसान्त सम्म १ सय ८८ जना प्रभावितले सेवा लिएका छन् । तीमध्ये सबै भन्दा बढी १ सय ५९ जना मानसिक दुव्र्यबहार , २२ जना शारीरिक हिंसा , हिंसापीडितलाई सेवा प्रदान गरिएको छ । यो अवधिमा स्रोतसाधनबाट वञ्चित गराइएका ३ जना , यौन दुव्र्येबहार ३ जना, जबरजस्ती करणी ११ जना प्रभावितलाई सेवा दिइएको छ । सेवा लिनेमा पुरुषको तुलनामा महिलाको सँख्या बढी रहेको छ । सो अबधिमा १ सय ६८ जना महिलाले सेवा लिएकोमा २० जना मात्र पुरुषले सेवा लिएका छन् ।

nawajiwan
Attariya Hospital

ओसिएमसीबाट आर्थिक वर्ष २०७९/८० मा ४ सय २५ जना प्रभावितले सेवा लिएका लिएको तथ्याङ्कमा उल्लेख गरउिको छ । ओसिएमसीबाट प्रभावितलाई निशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि, मनोसामाजिक परामर्श र सुरक्षा, कानुनी परामर्श तथा सहयोग, आवश्यकता अनुसार सुरक्षा लगायत सेवा दिइने र प्रभावितको पुनर्स्थापनाका लागि पनि सहयोग गरिने गरीएको फोकल प्रशन शान्ति अबस्थिले बताउनुभयो ।

यसैगरी, प्रहरीले पक्राउ गरेका पीडकलाई चोटपटक लागेको अवस्थामा पनि ओसिएमसीबाट उपचार गरिने एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) का फोकल पर्सन अबस्थिले बताइन् । सरकारी अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रबाट यौन हिंसा, शारीरिक हिंसा, मानसिक र अन्य दुर्व्यवहारमा परेका व्यक्तिले निःशुल्क उपचार, परामर्श सेवा र पुनर्स्थापना सेवा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । उनीहरूको गोपनियता भङ्ग नहुने व्यवस्था कायम गरिएको ओसिएसीकी फोकल पर्सन अबस्थिको भनाइ छ ।