
बझाङ: बझाङमा फागुन ११ गते शुक्रबार मानसिक समस्या सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । जिल्ला अस्पताल बझाङको आयोजना स्वास्थ्य कार्यालय बझाङको समन्वय र डव्लुएचओको प्राबिधिक सहयोगमा सञ्चालन गरीएको शिविरमा वरिष्ठ मनरोग विशेषज्ञ डाक्टर निराजन भट्टराइले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

जिलला अस्पताल बझाङमा सञ्चालन गरीएको एक दिने मानसिक स्वास्थ्य शिविरमा ९८ जनाले मानसिक स्वास्थ्य सम्बन्धि सेवा लिएका छन् । सेवा लिनेमा ५४ जना महिला र ४४ पुरुष रहेका छन् । शिविरमा एन्जाइटी, डिप्रेसन, छारे रोग, कुलत, साइकोसिस र बालबालिकामा मानसिक सुस्तपनाको समस्या भएका बिरामिले सेवा लिएको डाक्टर निराजन भट्टराईले बताउनु भयो ।

साथै पछिल्लो समय धेरै मानिसमा मानसिक समस्या आउने गरेको भएपनि त्यसको बिषयमा पर्याप्त जानकारी नभएकाले समस्या जटिल हुँदै गइरहेको उहाको भनाइ छ । मानसिक स्वास्थ्य शिविर विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको ११ गते जिल्ला अस्पताल बझाङमा नियमित सन्चालन हुदै आइरहेको छ ।
































