दुदिलाखान – गाँजरी – कुर्चेनेटा सडक संघर्ष समितिद्वारा एक नम्बर वडामा तालाबन्दी

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको दुदिलाखान – गाँजरी – कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका विषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

समितिले वडा नम्बर १ का स्थानियहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान – गाँजरी – कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।

उनीहरुले फागुन ८ गते बिहानैदेखि देखी दुदिलाखान– गाँजरी र बिन्द्रावन– वडा कार्यालय जोड्ने सडक पुर्ण अवरुद्ध पारेका छन् ।

Dhnagadhi & Krishanapur