एमालेको वर्तमान कार्यभारलाई निष्कर्षमा पुर्याउन सर्वसम्मत नेतृत्व चयन गरिनुपर्छ – नेता ओझा

Image
Nisarga Hospital

डोटीः नेकपा (एमाले) ले पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा २०८० लाई अधिवेशनको वर्षका रूपमा लिएको छ ।
यसै वर्ष सात वटै प्रदेशका अधिवेशन सम्पन्न गरेको एमालेले अहिले जिल्ला अधिवेशनहरु गरिरहेको छ ।

CP Hospital Dhangadhi

यसै क्रममा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशन फागुन ३० गते परशुराम नगरपालिका- १२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना हुँदैछ ।

अधिवेशनको पूर्वसन्ध्यामा एमाले डडेल्धुराका नेता एवं सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विश्वेश्वरप्रसाद ओझा ‘विपिन’ ले आफ्नो फेसबुकमार्फत मर्मस्पर्शी अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
उनलेे नेकपा एमाले डडेल्धुराकाे जिल्ला अधिवेशनले सर्बसम्मत रुपमा नेतृत्व चयन गर्ने विश्वास सहित आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

nawajiwan

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले समुद्घाटन गर्ने उक्त अधिवेशनबाट समग्र कार्यकर्ताहरुकाे भावना समेटी पार्टीलाई एकताबद्ध गर्दै लैजाने नेतृत्व चयन गरिनुपर्नेमा ओझाले जोड दिएका छन् ।

Attariya Hospital

उनलेे लेखेका छन् – “यतिबेला काे अध्यक्ष बन्ने, काे सचिव बन्ने, प्रधान हाेईन । डडेल्धुरा जिल्लाबासी नागरिकका समग्र भावना मुखरित गर्दै नेकपा एमालेलाई समग्र नागरिककाे आशा, भराेसा र विश्वासको प्रतिकका रुपमा डडेल्धुरा जिल्लामा स्थापित गर्नु आवश्यक छ ।”
एमाले डडेल्धुराभित्र नेतृत्व लिन एक-एक सक्षम नेताहरु भए पनि एमालेको यति बेलाकाे कार्यभारलाई सहि निष्कर्षमा पुर्याउन सर्बसम्मत नेतृत्व चयनकाे विकल्प नभएको उनको भनाइ छ ।

अध्यक्ष पदका आकाङ्क्षी समेत मानिएका ओझाले साना-साना नाङ्ले पसलमा आवद्ध वाम कार्यकर्तालाई एउटै झण्डा मुनि उभ्याउनु सके मात्रै २०८४ मा गाँउ देखि जिल्ला सम्म एमालेकाे नेतृत्व स्थापित गर्न सकिने उनलेे विचार व्यक्त गरेका छन् ।
डडेल्धुरामा विगतमा आफ्नै ठेगान नभएका अराजक र अस्तिर नेतृत्वलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै अब त्यस्तो अवस्था आउन नदिन र पार्टीलाई जाेगाउने आफ्नो प्रयत्न हुनेछ उनलेे उल्लेख गरेका छन् ।

उनलेे भनेका छन् -“जति घरकाे माया घरबेटीलाई हुन्छ, त्यति बहालमा बस्ने डेरावालालाई हुदैन ।”
गलत नेतृत्वकाे आत्मघाती गाेलका कारण २०७९ काे निर्वाचनमा एमालेले हार बेहाेर्नु परेकाे तिताे यथार्त बिर्सन नहुने उनको बुझाई छ ।
यि सबै कुराकाे ख्याल राख्दै स्थिर चलायमान नेतृत्व र नेताहरू सम्मिलित जिल्ला कमिटी चयन गर्न आफू जस्ताेसुकै त्याग गर्न तत्पर रहेको र सबैले तयार हुनुपर्नेमा आफू विश्वस्त भएको उनको फेसबुक पोस्टमा स्पष्ट उल्लेख छ ।

नेता ओझा २०७४ सालमा एमालेबाट डडेल्धुराको अमरगढी नगरपालिकामा निर्वाचित नगर प्रमुख पनि हुन् ।