त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

Image
Nisarga Hospital

दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

CP Hospital Dhangadhi

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८२ रन मात्र बनाउन सक्यो ।

नेपाललाई अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो। जसमा १९ औं ओभरमा १५ रन जोडेको थियो। यो ओभरमा दीपेन्द्रसिंह ऐरीले र करण केसीले एक-एक छक्का समेत प्रहार गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

२०औं ओभरमा १५ रन चाहिएको बेला पहिलो बलमा ऐरीले नेदरल्यान्ड्सका भान डर मर्वीलाई चौका प्रहार गरे। दोस्रो बलमा ऐरीले छक्का हिर्काए। तेस्रो बलमा दुई रन लिने कोशिस गर्दा करण केसी ११ रनमा रनआउटको सिकार भए। जसका कारण नेपाललाई तीन बलमा चार रन चाहिएको थियो। तर चौथो बलमा दिपेन्द्र बोल्ड हुन पुगे। उनले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६३ रन जोडे।

नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।

कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भए। नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भए।

Dhnagadhi & Krishanapur