डोटीको आदर्शमा एक पुरुष मृत अवस्थामा फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

अत्तरिया : डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको आदर्श गाउँपालिका ५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा मृत फेला परेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

उनी सडकबाट अन्दाजी ५ सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

nawajiwan