
नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल आज हुँदै छ । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा मंगलबार दिउँसो १ बजे सुरु हुनेछ। दुई खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ। आज दोस्रो अर्थात् अन्तिम सिरिज हुन लागेको हो।
नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाए। त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए। गुल्सन झाले चार रन जोडे भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए।




त्यसैगरी ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको थियो। आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।
नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग यही मार्च २८, २९ र ३० तारिख (चैत १५, १६ र १७ गते) टी-२० र अप्रिल ३, ५ र ७ तारिख (चैत २१, २३ र २५ गते) एक दिवसीय सिरिज खेल्न लागेको हो।



































