प्रगतिशील युवा समाज बझाङले २१ औँ वार्षिकोत्सव रक्तदान देखि अन्तरक्रिया

Image
Nisarga Hospital

बझाङः प्रगतिशील युवा समाज बझाङले २१ औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले जिल्ला अस्पताल बझाङमा बिरामिहरुलाइ फलफूल वितरण गर्नुका साथै सँस्थाका १५ जना कर्मचरीहरुले रक्तदान गरेका छन् भने आज नै सदरमुकाम चैनपुरमा अन्तरक्रिया कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव कार्यक्रम मनाएको हो । साथै उत्कृष्ट काम गर्ने प्रगतिशील युवा समाजका शिक्षा फिल्ड अधिकृत दिनेश बहादुर खड्का र सामाजिक परिचालक तारा प्रसाद ओझालाइ सम्मान गरिएको छ भने सहकार्य गर्ने जयपृथ्बी नगरपालिका, थलारा गाउँपालिका र केदारस्यु गाउँपालिकालाइ समेत सम्मान गरीनुका साथै सहभागीहरुलाइ अल्लोको झोलाहरू प्रदान गरिएको थियो ।

CP Hospital Dhangadhi

कार्यक्रममा बोल्ने बक्ताहरूले जिल्लामा धेरै एनजिओ रहेका भएपनि प्रगतिशील युवा समाजले समाजमा उत्कृष्ट कार्य गरेको बताएका छन् । सुशासन,इमान्दारीता पुर्बक काम गरीरहेकाले अझै गाउँघर जादा समाजमा सँस्था प्रति धेरै आशा गरेको पाइएकाले अझै राम्रो काम गर्न शुभकामना समेत व्यक्त गरिएको थियो ।

nawajiwan

कार्यक्रममा बोल्दै अध्यक्ष रमेश केसीले आफ्नो संस्थाले समाजमा शिक्षा ,स्वास्थ्य ,जीविकोपार्जन लगाएतमा काम गरीरहेकाले कहि कतै त्रुटि भए अनुगमन गरेर सल्लाह दिन समेत आग्रह गर्नुभएको छ ।

मुनाफा रहित विशुद्ध सामाजिक कार्य गर्नुका साथै समतामूलक,आत्मनिर्भर तथा सभ्य समाजको सिर्जना गर्ने हेतुले बि.स २०६० सालमा उक्त संस्था स्थापना गरिएको थियो ।

Attariya Hospital

संस्थाले युनाइटेड मिसन टु नेपाल,वल्र्डभिजन इन्टरनेशनल नेपाल ,हिफर इन्टरनेसनल नेपाल सँस्था सँगको साझेदारीमा बझाङको जयपृथ्बी नगरपालिका,केदारस्यु गाउँपालिका, थलारा गाउँपालिका, खपतडछान्ना गाउँपालिका ,मष्टा गाउँपालिकामा विभिन्न परियोजना लागु गरी काम गरीरहेको छ । २०२४ मा जिल्लामा बिभिन्न परीयोजना अन्र्तगत ७ सय ७० पुरुष, २ हजार ८३ महिला,३ हजार ९ सय ५६ बालबालिका र १० जना अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित भएको तथ्याङ्कले देखाएको छ ।

प्रगतिशील युवा समाजले दिगोपना तथा साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत स्थानीय पाठ्यक्रम निर्माण, १० वर्षे शिक्षा क्षेत्र योजना निर्माण,स्थानीय पाठ्रयपुस्तक निर्माण,बिपतबाट बच्ने तरीकाबारे कृत्रिम अध्यास, अतिरित्त ११ पढाइ शिबिर ,समुदाय प्रहरी साझेदारी,बालबालिकाको अवस्था विश्लेषण प्रतिवेदन प्रकाशन र नगरपालिकाको राजपत्र सँगालो प्रकाशन गर्ने गरेको छ ।

प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसिको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितीका अध्यक्ष नर बहादुर बोहोरा रहनुभएको थियो यस्तै विशिष्ट अतिथिमा जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल रहनुभएको थियो । कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिंह, स्वास्थ्य कार्यालय ,कृषि ज्ञानकेन्द्र, शिक्षा तथा समन्वय समितिका प्रतिनिधि,पत्रकार ,सँस्थाका कर्मचारी ,आजिबन सदस्य हरुको उपश्थिती रहेको थियो े। प्रगतिशील युवा समाजका कर्मचारी शिवराज रोकायाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष देबकी जोशीले राख्नुभएकोमा कार्यक्रममा प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।