भारतमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट खेलमा नेपालले दियो गुजरातलाई १८२ रनको लक्ष्य, कस्ले कति रन बनाए ?

Image
Nisarga Hospital

भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको छ। नेपालले पहिलो इनिङ खेल्दै २० ओभरको समाप्तिमा १८१ रन बनाएको हो। यो खेलमा नेपालका दुवै ओपनरले अर्धसत्तक बनाए।

CP Hospital Dhangadhi

Attariya Hospital

टस हारेर पहिला ब्याटिङ निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले ४४ बलमा ६७ रन बनाएर आउट भए। यस्तै आसिफले अर्धसत्तक बनाए। यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक गुजरातलाई ८ विकेटले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो

nawajiwan