प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दन

Image
Nisarga Hospital

डोटी : सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक भेटघाटका क्रममा डोटी आएका प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गर्न लागिएको हो ।

CP Hospital Dhangadhi

लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उच्च सम्मानका साथ उनलाई वैशाख २ गते सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिने दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले बताए । नागरिक अभिनन्दनका विषयमा आयोजित पत्रकार सम्मेलमा नगर प्रमुख खड्काले प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलो पटक प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुगेको बताए ।

Attariya Hospital

उनलाई अभिनन्दनका लागि निमन्त्रणा गरिएको जानकारी नगर प्रमुख खड्काले दिएका हुन । दिपायल सिलगढी नगरपालिकाका प्रमुख खड्का र पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायको नेतृत्वमा डोटीस्थित स्थानीय सरकार, नागरिक समाज, नागरिक सङ्घ संस्था र स्थानीयवासीद्वारा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ ।

nawajiwan

प्रधान न्यायाधीश श्रेष्ठलाई वैशाख २ गते दिउँसो १ बजे शैलेश्वरी मन्दिरको प्राङ्गणमा स्थानीय बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गरिने आयोजक पक्षले जनाएको छ । विसं २०१६ असोज २० गते कैलालीमा जन्मेका श्रेष्ठको पुख्र्यौली घर डोटीको सिलगढी बजारमा हो । शाखा अधिकृतका रूपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँ २०८० भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका थिए ।