
डोटी: नेपाली काँग्रेस प्रदेश सभापति, पूर्व मन्त्री तथा माननीय सांसद बिर बहादुर बलायरलाई डोटीको सिलगढीमा कांग्रेसको पार्टी कार्यालयमा नेता कार्यकर्ता तथा जनप्रतिनिधिद्वारा विशेष स्वागत गरेका छन् ।

नेपाली राजनीतिको पछिल्लो समयमा हुँदै गरेको राजनीतिक उथलपुथललाई मध्यनजर गर्दै नेपाली काँग्रेस जिल्ला तथा प्रदेश प्रतिनिधि संग छलफल भएको छ ।

बझाङ जिल्लाको प्रदेश सभा सदस्य (क) मा चुनावी सभा लाई सम्बोधन गरी फर्कने क्रममा शनिबार डोटीमा नेता कार्यकर्ता लाई आगामी दिनमा के कसरी अगाडी बढ्ने, गाउँ बस्तीमा जनताका लागि के कस्ता क्रियाकलाप गर्ने लगायत विविध विषयमा छलफल तथा सुझाव सल्लाह आदान प्रदान भएको थियो ।

आफ्नो जन्म भूमिका विकासका लागि पालिका, प्रदेश र केन्द्रबाट के के गर्न सकिन्छ, के काम गर्दा जनतालाई प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन्, सबै निर्वाचित जनप्रतिनिधि संग सुझाव सल्लाह लिएका छन् ।





























