बझाङको बित्थडचिर गाउँपालिकामा एक पसलमा आगलागी !

Image
Nisarga Hospital

बझाङ: बझाङको बित्थडचिर गाउँपालिकामा एक पसलमा आगलागी भएको छ ।

CP Hospital Dhangadhi

बित्थडचिर गाउँपालिका ९ रैकोसी बस्ने रमेश बोहराको मदिरा र खुद्रा पसलमा बिहीबार आगलागी भएको हो । अचानक बिद्युतको तार सर्ट भएर आगलागी भएको बुझिएको छ ।

Attariya Hospital

पसलमा आगलागी हुदा पसल भित्र रहेका खुद्रा तथा मदिरा लगायतका सामानहरु गरी अन्दाजी रु.२ लाख ५० हजार बराबरको क्षति भएको आगलागी पीडित बोहराले बताउनुभयो ।

nawajiwan

उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी बाट मानवीय क्षति नभएको बुझिएको छ ।