
बैतडी घर भएका कृपाचार्य अवस्थीको निधन भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ धौलाडी बस्ने अवस्थीको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो।

उनको हिजो राति ९७ वर्षको उमेरमा सिभिल हस्पिटल काठमाडौंमा निधन भएको बताइएको छ।
उनी बैतडी जिल्लाकै पूर्बीय दर्शनका मूर्धन्य विद्वान, योगी, वेद र योगअभ्यासका ज्ञाता मानिन्थे।


































