१३५औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नवजीवनको निशुल्क स्वास्थ्य शिविर, ८७ जनाले लिए सेवा

Image
Nisarga Hospital

१ सय ३५औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी एक दिने जनचेतना तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।श्रम तथा रोजगार कार्यालय धनगढी कैलालीको आयोजना र नवजीवन अस्पताल प्रा.लि.धनगढीको प्राविधिक सहयोगमा कैलालीको पहलमानपुरमा जनचेतना तथा स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो।

CP Hospital Dhangadhi

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी जनचेतना तथा स्वास्थ्य शिविरमा ८७ जना उद्योग ब्यवसायीमा काम गर्ने कर्मचारीले निशुल्क उपचार सेवा लिएका छन्।“मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान“ भन्ने नारासहित कैलालीको पहलमानपुरस्थीत दिनेश सोप एण्ड हाउसहोल्ड प्रा.लि.मा आयोजितस्वास्थ्य शिविरमा बिभिन्न बिरामीले निशुल्क उपचार सेवा लिएको नवजीवन अस्पतालका प्रसाशन प्रमुख राजेश पाण्डेयले बताए।उनका अनुसार पेट छाती तथा मुटु रोग बिशेषज्ञ डाक्टर राजु बिष्ट

Attariya Hospital

तथा अर्का डाक्टर म्रिगेन्द्र यादवद्धारा दिनेश सीप एण्ड हाउसहोल्ड प्रा.लि.मा कार्यरत कर्मचारी तथा श्रमिकको निशुल्क स्वास्थ्य अवस्थाको चेकजाँज गर्दै सम्बन्धीत रोगको औषधी समेत बितरण गरिएको हो। साथै डाक्टरहरुले स्वास्थ्यलाई प्राथमिकतामा राखेर सावधानका साथ काम गर्न अनुरोध गरेका छन्। रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बुद्धिमानी भएकाले सचेतना अपनाउन सुझाएका थिए। दिनेश सोप एण्ड हाउसहोल्ड प्रा.लि.ले सोडा, साबुन हारपिक लगायतका साम्रागी उत्पादन गर्दै आएको छ । उक्त उद्योग मार्फत धेरैले रोजगारी समेत पाएका छन् ।

nawajiwan

यता धनगढीको नवजिवन अस्पताल प्रा.लीले सुदुरपश्चिमका बिभिन्न जिल्लामा पुगेर निशुल्क स्वास्थ्य शिविर मार्फत उपचार सेवा प्रदान गर्दै आएको छ।अस्पतालका सिइओ चक्र खडायतले अस्पतालमा स्वास्थ्य उपचार सहितको सेवा थपिदै गएपछि नवजिवनमा बिरामीको पनी आकर्षण बढ्दै गएको बताए। निशुल्क स्वास्थ्य शिविर अस्पतालले गर्ने सामाजिक उत्तरदायीत्व रहेको र यसले असक्त बिरामीलाई स्वास्थ्य उपचारको पहुँचमा पुर्‍याउन र स्वास्थ्य लाभ लिउन भन्ने उदेश्य रहेको बताएका छन्।