कार रोकेर सेती नदीमा नुहाउन गएका नरबहादुर भेटिएनन्, गोताखोर परिचालन

Image
Nisarga Hospital

डोटी: डोटीस्थीत सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका नरबहादुर तामाङ भेटिएका छैनन्। हिजो (सोमबार) सडक किनारमा कार रोकेर सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका ४० वर्षीय तामाङको खोजी तीव्र पारिएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजीकार्य तीव्र पारेको र खोजी जारी राखिएको बताए। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने तामाङ हिजो (सोमबार) नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

Attariya Hospital

उनी सु.प.प्र. ०१ ००१ ज.१५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए। सोही क्रममा उनी कार सडक किनारमा रोकी नुहाउन गएका थिए। नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन्।सो सम्बन्धमा थप अनुसन्धान र खोजी भैरहेको प्रहरीले जनाएको छ ।

nawajiwan