अछाममा गहुँको नलमा लगाएको आगो सल्किदा एक महिला घाइते

संकेततिक फोटो
संकेततिक फोटो
Nisarga Hospital

अछाम: अछाममा आगोमा परेर एक जना महिला घाइते भएकी छन्। जिल्लाको साँफेबगर नगरपालिका–५ नबठार्नाकी अन्दाजी ४० वर्षीया एक महिला घाइते भएकी हुन्। आफ्नै गहुँको नलमा लगाएको आगो सल्केर उनी घाइते भएकी हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ। उनको परिचय भने नखुलेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

nawajiwan