बैतडीको सिगासमा एक दिने स्वास्थ्य शिविर : ३ सय बढीले लिए सेवा

Image
Nisarga Hospital

बैतडी: बैतडीको सिगास गाउँपालिका वडा नं. २ गाँजरीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

CP Hospital Dhangadhi

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा हिजो शनिबार गाँजरी स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर सम्पन्न गरिएको गाँजरी स्वास्थ्य चौकीका प्रमख जनक सिह धामीले जानकारी दिनुभयो।

Attariya Hospital

एक दिने स्वास्थ्य शिविरमा ३ सय ६५ जनाले विभिन्न स्वास्थ्य सेवा लिएको उनले बताए ।

nawajiwan

शिविरमा महिलाहरुको तल्लो पेट सम्बन्धि समस्या, पाठेघर, पिसाब चुहिने, कम्मर दुख्ने समस्या, प्रजनन स्वास्थ्य, नसर्ने रोगको जाँच तथा उपचार, मानसिक रोगको परामर्श, दन्त सेवा, नाक कान सम्बन्धीका सेवा दिएको आयोजक स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।