डडेल्धुराको अमरगढीबाट साइकलमै पुगे ४०जना खप्तडसम्म

Image
Nisarga Hospital

धनगढी: डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु आइतबार विहान भू:स्वर्गका रुपमा रहेको खप्तड पुगेका छन् । पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधारु भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा-२०८१ का साइकल यात्री बिहान खप्डतड क्षेत्रमा पुगेका हुन्।

CP Hospital Dhangadhi

अमरगढी किल्लाबाट साइकल चढेरै उनीहरु डोटीको झिक्राना रुटहुदै ३ दिनमा खप्तड पुगेका हुन् ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यान्वन कार्यक्रमको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रा।लि। गोकर्णेश्वर काठमाडौको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ सुरु गरिएको हो ।

Attariya Hospital

अन्तर्राष्ट्रिय साइकल यात्रामा भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकल यात्रीहरु सहभागी छन् । साइकलमा पहिलो पटक खप्तड त्रिबेणी धाम पुगेकोमा निकै उत्साह र खुसी लागेको डडेल्धुराका साइकल यात्री कमला बिष्टले बताइन् ।

nawajiwan

नेपाल सुदूरपश्चिम निकै सुन्दर र पर्या पर्यटन विकासका लागि राम्रो वातावरण भएको भारतका साइकल यात्री रबिन्द्रर सिह ओबेरोइले बताए । उनले भने,बाहिर जति बिकास नभएको प्रचार सुनिएको थियो । तर, सुदूरपश्चिमको बिकास भएको छ । अझै यहाको पर्यटन बिकासको प्रचारप्रसार गर्नु पर्ने उनले बताए । यस्ता कार्यक्रम हुदा पर्यटन प्रबर्द्धन हुने खप्तड होमस्टे झिङ्ग्रानाका सन्चालक दिपक बहादुर खडकाले बताए ।