नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संगठनको प्रदेश अध्यक्षमा सापकोटा

Image
Nisarga Hospital

धनगढी : नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संगठनको सुदुरपश्चिम प्रदेश अध्यक्षमा पदमराज सापकोटा निर्विरोध चयन भएका छन । आइतबार भएको संगठनको दोश्रो अधिबेशनले सापकोटालाई प्रदेश अध्यक्षमा चयन गरेको हो ।

CP Hospital Dhangadhi

त्यस्तै प्रदेशको उपाध्यक्षमा बिष्णु प्रसाद खरेल, सचीव दिलबहादुर खलौला, कोषाध्यक्ष श्याम प्रसाद पाण्डे र उपसचिवमा तिर्थ बहादुर जोशी चयन भएका छन ।

यसैगरी सदस्यहरुमा कर्ण रेग्मी, रामचन्द्र गिरि, निरन्जन मल्ल, निर्मल कुमार मिश्र, जयरुप बुढा, नारायण ओझा, प्रदिप पन्थ चयन भएका छन । यस्तै अन्य सदस्यमा लोक बहादुर खड्का, खिमानन्द भट्ट, लोकेन्द्र शाह, बिरबहादुर कार्की र ललित राज जोशी चयन भएका छन ।

nawajiwan

कैलाली र कंचनपुर कमिटी गठन

Attariya Hospital

आइतबार नै जिल्ला कमिटी गठन गर्ने क्रममा कैलाली र कंचनपुर कमिटी गठन गरिएका छन ।जयरुप बुढाको अध्यक्षतामा कैलाली कमिटी गठन गरिएको प्रदेश अध्यक्ष सापकोटाले जानकारी दिए । कमिटीको उपाध्यक्षमा तेज सिंह ठगुन्ना, सचीव सुरेश मलासी, कोषाध्यक्ष घनश्याम डांगी र उपसचिवमा राम अधिकारी निर्बिरोध निर्वाचित भएका छन ।

यसैगरी सदस्यहरूमा हरिस श्रेष्ठ, अमृत तिमिल्सेना र बसन्ती बलामीमगर चयन भएका छन ।त्यसै गरि कंचनपुर कमिटीको अध्यक्षमा निरन्जन मल्ल, उपाध्यक्षमा लिला जोशी, सचीवमा आनन्द प्रसाद जोशी, कोषाध्यक्षमा होम बहादुर पन्थी र उपसचिवमा शिबलाल भण्डारी निर्बिरोध निर्वाचित भएका छन ।

सदस्यहरूमा नरेन्द्र थापा, पवन कलेल, शमशेर बहादुर चन्द, कृष्ण बोहरा र खडक पुजारा चयन भएको प्रदेश अध्यक्ष सापकोटाले बताए ।