बैतडीमा बोलेरो जिप दुर्घटना, ७ जना घाइते

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

बैतडी : बैतडीमा बुधवार बिहान बोलेरो जिप दुर्घटना भएको छ। धनगढीबाट बैतडीको तल्लादेहीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८५ नम्बरको जिप सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ सिदुन भन्ने स्थानमा दुर्घटनामा परेको हो।

बुधवार बिहान साढे दुईबजेतिर जिप दुर्घटना परेको र जिपमा सवार सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। दुर्घटनामा परी पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की घाइते भएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै डिलाशैनी गाउँपालिका ४ तडीबटा बस्ने ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की पनि घाइते भएका प्रहरी निरीक्षक जोशीले बताए। घाइते मध्ये प्रदीप पार्की र रेखा पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ। जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ बर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरी निरीक्षक जोशीले बताए।जिपमा १२ जना सवार रहेका भनिएपनि एकीन भने भइनसकेको प्रहरी निरीक्षक जोशीको भनाइ छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

Dhnagadhi & Krishanapur