क्रिकेटर सन्दिप लामिछानेको मुद्दा अन्तिम सुनुवाइको माग गर्दै अछाममा प्रर्दशन

Image
Nisarga Hospital

क्रिकेटर सन्दिप लामिछानेको मुद्दाको सुनुवाइ चाँडै हुनुपर्ने माग गर्दै अछाम सदरमुकाम मंगलसेनमा प्रदर्शन गरिएको छ । सन्दिप दोषी भए सजाय दिन र नभए विश्वकप खेल्न पाउनुपर्ने भन्दै र्याली निकालिएको छ । क्रिकेटर सन्दिप लामिछानेसम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

CP Hospital Dhangadhi

सदरमुकाम मंगलसेनमा जेसीज अछाम र मंगलसेन बजार व्यवथापन समितिको अगुवाइमा सुनाइमा ढिलाई भइरहेको भन्दै प्रदर्शन गरिएको हो । मंगलसेनको क्याम्पस चोकदेखि खुलामञ्च, वैरागीधारा हुँदै मध्य बजारमा कोणसभा गरेर लामिछाने मुद्दाको सुनुवाइमा भएको ढिलाइले अन्याय भएको बताएका छन् । खेलका माध्यमबाट नेपाललाई चिनाउने खेलाडीको मुद्दामा चाँडो सुनुवाइको मागसहित र्याली गरिएको हो । र्यालीमा क्रिकेट खेलप्रेमी, व्यापारी, विद्यार्थी र बजारवासीको सहभागिता रहेको थियो ।

Attariya Hospital

सम्मानित अदालतले समयमै मुद्दाको फैसला गर्नका लागि आफ्नो अभियान भएको जेसीज अछामका अध्यक्ष फलेन्द्र प्रसाद उपाध्यायको भनाइ छ । “अदालतले जे देखेको छ त्यो छिटो टुगिनु पर्यो भन्नेमा हामी छौं ।,” उपाध्यायले भने, “सन्दिपले कि सजाय पाउन पर्यो हैन भने क्रिकेट खेल्न पाउन पर्यो ।”

nawajiwan

सन्दिपको मुद्दा हेर्दाहैर्दैमा राखेर सुनुवाइमा ढिलाइ भइरहेकोमा ध्यानाकर्षणका लागि आफूहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । जेसीज अछामका अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याय, बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल बोगटीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।