
अत्तरिया : कैलालीको गोदावरीमा एक किसानले पालेका बाख्रामा अनौठो रोग देखिएको छ ।गोदावरी नगरपालिका – ५ गेटामा स्थानीय डम्बरीकला देवी धामी पालेका बाख्राहरुमा अनौठो रोग देखिएको हो । शनिबार बिहान एक्कासी कापेका ति बाख्रा अचानक मरेको स्थानीय लोकेन्द्र धामीले बताए ।

उनले यस्तो रोग बाख्रामा पहिलो पटक देखेको बताए । उनले बाख्रा कापेको ५ मिनेटमै मरेको बताए । बिहान चराउन लगेका ति बाख्रा पानी परेपछि घर आउँदा मरेकाले कुनै विषादीको सम्पर्कमा आएको हुन सक्ने स्थानीयले आशंका गरेका छन।

बाख्रा मरेपछि करिब ५० हजार बराबरको क्षती भएको धामीले बताए । बाख्रा कापेर एक्कासी मरेपछि सो क्षेत्रका अन्य बाख्रा पालेका किसान पनि चिन्तित बनेका छन ।































