खडेरीपछिकाे वर्षाले किसानलाई राहत, डढेलाे पनि नियन्त्रणमा

Image
Nisarga Hospital

बैतडी: लामो समयको खडेरीपछि बर्षा हुँदा सुदूरपश्चिमका किसानहरु खुसी भएका छन् ।

CP Hospital Dhangadhi

बर्षा भएपछि मकै छर्न सहज भएको र अन्य बालीनालीहरुमा पनि फाइदा पुगेको बैतडीको दाेगडाकेदार गाउँपालिका ३ का किसान फुनडी विष्टले बताउनुभयो । उहाँले भन्नुभयाे,” लामाे समयकाे खडेरीपछि भएकाे आकासेपानीले राहत मिलेकाे छ, यसले मकै झर्न र अन्य बालीनालीलाई पनि फाइदा पुग्याे।”

बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा गएको दुईदिनदेखि बर्षा भइरहेको छ।
लामो समयको खडेरीपछि भएको बर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाकाे लेकममा किसान मानबहादुर कार्कीले बताउनुभयाे।

nawajiwan

मकै छर्न ठिक्क भएका किसानहरु बर्षा भएपछि खुसी भएका छन्। उहाँले भन्नुभयाे,” वैशाख अन्तिम तथा जेठ पहिला साता मकै छर्ने गरिएकोमा यो बर्षाले निकै सहयोग पुगेको छ।”

Attariya Hospital

सिँचाइको अभावमा तरकारी बाली र फलफूहरु सुक्न लागेका बेला भएको बर्षाले केही राहत मिलेको बैतडीको दशरथचन्द नगरपालिका १ गुरूखाेलाका किसान राजबहादुर टेरले बताउनुभयाे। उहाँले भन्नुभयाे,”लामाे खडेरीले मकै छर्न समस्याका साथै तरकारी र फलफूलका बाेटबिरूवा सुक्दै गएकाे थिए,वर्षाले राहत भएकाे छ।
बर्षाभएसंगै किसानहरुले मकै छर्न थालेका छन्।

बर्खेबाली मध्येको मुख्य खाद्यबालीको रुपमा रहेको मकैखेती बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा गरिँदै आएको छ ।

यसैबीच वर्षाले गर्दा यहाँका बनजंगलमा लागेकाे डढेलाे पनि नियन्त्रणमा आएकाे छ। डढेलाेका कारण भएकाे वायुप्रदुषण पनि बढेकाे र वर्षाले प्रदुषण पनि कम गरेकाे छ। बैतडीका एकसय बढी बनहरूमा डढेलाे लागेकाे थियाे।