
विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा रहेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो ।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए भने गुलशन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १-१ विकेट लिए ।

नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए भने गुलशन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए। सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १(१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो। नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए। यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे। कुशलले १० ओभरमा आउट हुँदासम्म ३८ रन जोडेका थिए। दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए। प्रतिश जिसीले ६ रन बनाउँदा सन्दिप जोराले २ र गुलशन झा १ रन बनाएर आउट भए। सोमपाल कामी ३ रनमा र अविनाश बोहोरा शून्यमा नटआउट रहे।






























