
बैतडी: बैतडीको देहिमाडाैंमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियाेगितामा महिलातर्फ सेमिफाइनल पुग्ने सबै टाेलीकाे टुंगाे लागेकाे छ।

महिलातर्फ समूह ए बाट दशरथचन्द नगरपालिका ए,समूह बी बाट मेलाैली नगरपालिका, समूह सी बाट पुर्चाैडी नगरपालिका र समूह डी बाट शिवनाथ गाउँपालिका सेमिफाइनलमा पुगेका जिल्ला खेलकुद भलिबल प्रशिक्षक हरि भण्डारीले जानकारी दिनुभयो ।
सेमिफाइनल खेल आइतबार हुनेछन् ।
पहिलाे सेमिफाइनलमा दशरथचन्द नगरपालिका ए र पुर्चाैडी नगरपालिका तथा दाेस्राे सेमिफाइनलमा मेलाैली नगरपालिका र शिवनाथ गाउँपालिकाबीच भिडन्त हुनेछ।
पुरूषतर्फ लिग चरणका खेलहरू चलिरहेका छन्। आइतबार लिग चरणका खेल सम्पन्न भएपछि

क्वाटरफाइनलमा पुग्ने टाेलीकाे टुंगो लाग्नेछ।

नेपाल खेलकुद महासंघकाे आयाेजनामा सुरू भएकाे अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टाेलीकाे सहभागी रहेकाे छ।
प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ । प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे।
प्रतियोगीताले भलिबल खेलकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।





























