
अत्तरियाः कैलालीको अत्तरिया आजदेखि एसइई फुटबल कप २०८१ सुरु भएको छ । त्रिनयन नेपाल र मानाङ्क फाउन्डेसन नेपालको आयोजना र अत्तरिया टेक्निकल कलेजको सह आयोजनामा आज जेठ ७ गते देखि १५ गते सम्म प्रतियोगिता हुने त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताएका छन ।

प्रतियोगिताको उदघाटनका लागि खेल मैदान पुगेका गोदावरी नगरपालिका वडा न. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्टले खेल जगत मान्छेलाई विश्व सामु चिनाउन सफल भएका छन, राष्ट्र र आफ्नो स्वास्थका लागि खेलकुदलाई प्राथमिकता दिएर खेल खेल्न आग्रह समेत गरेका छन ।

प्रतियोगितामा एसइई सम्मका विद्यार्थी सहभागी हुने आयोजक त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताए । उनले प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहने बताए ।
प्रतियोगिता समयको सही सदुपयोग गराउन युवाहरूलाई कुलतबाट जोगाउन, स्थानीय स्तरमा रहेका खेलप्रेमि युवाहरूलाई प्रोत्साहनका साथै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व विकास गराउने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए ।


प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार ३०, द्धितिय पुरस्कार २० हजार २० र उत्कृष्ट गोलकर्ता र गोलकिपरलाई ३/३ हजारका दरले पुरस्कार दिइने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि एभरेष्ट एकेडेमी, डिएमसी होटेल म्यानेजमेन्ट लगायतका विभिन्न संघसस्थाहरु सँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।
































