बाजुराको अति दुर्गम मानिएको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा चामल वितरण सुरु

Image
Nisarga Hospital

बाजुराको अति दुर्गम मानिएको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा चामल वितरण सुरु भएको छ ।

CP Hospital Dhangadhi

नेपाल खाद्य तथा व्यापार कम्पनीको मुक्तिकोट बिक्री केन्द्रबाट सोमबारदेखि चामल बिक्रिवितरण सुरु भएको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ । खाद्य तथा व्यापार कम्पनीले मुक्तिकोटको लागि अहिले पाँच सय क्विन्टल ढुवानी गरेको जनाइएको छ ।

साविकको साप्पाटा गाविसमा पर्ने मुक्तिकोट बिक्री केन्द्रबाट पालिकाको वडा नम्बर १ र २ का बासिन्दालाई प्रतिकिलो ६६ रुपैयाँका दरले मोटा चामल बिक्री भइरहेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनु भयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कुपोषणको समेत चर्को समस्या रहेको मुक्तिकोटमा लामो प्रयासपछि २०७९ साल मंसिरमा बिक्री केन्द्र स्थापना भएको थियो । गाउँपालिका अध्यक्ष रोकायाका अनुसार मुक्तिकोटको लागि वार्षिक पाँच सय क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरिएको छ । गत वर्ष फागुनमा पाँच सय क्विन्टल चामल बिक्रीवितरण भएको थियो ।

गाउँपालिका अध्यक्ष रोकायाले हाम्रो मूलबाटोसँग भने– मुक्तिकोट बिक्री केन्द्रको लागि पाँच सय क्विन्टल चामलको कोटा निर्धारण भएको छ । यस वर्ष अपुग भएमा फेरिथप हुने आश्वासन पाएका छौं ।

उनले बिक्री केन्द्रबाहेक अन्य ठाउँबाट चामल बिक्री गरिएको पाइएमा कारवाही गरिने चेतावनी दिए । भने– हामी निर्वाचित भइसकेपछि मुक्तिकोटमा खाद्यान्न बिक्री केन्द्र स्थापनाको लागि पटकपटक मन्त्रालय धाउनु पर्यो । बल्ल २०७९ साल मंसिरमा केन्द्र स्थापना भयो ।

कुपोषणको समेत चर्को समस्या रहेको मुक्तिकोट कर्णाली पारिको पालिकाका रुपमा रहेको स्वामिकार्तिक खापरको मुक्तिकोट कालिकोट जिल्लासँग सीमाना जोडिएको अति विकट गाउँका रुपमा रहेको छ ।

Dhnagadhi & Krishanapur