आई.पि.भि. खोप अभियान : डोटीका १२ हजार बढीलाई खोप लगाइने

Image
Nisarga Hospital

डोटी: डोटीमा जेठ १३ गतेदेखि २२ गतेसम्म आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ । अभियानका लागि जिल्लाका ९ वटै पालिकामा ४ सय ३८ खोप केन्द्र तोकिएको र १२ हजार २ सय ३७ जना बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

CP Hospital Dhangadhi

२०७३ साल वैशाख देखि २०७५ असोज महिनाको अवधिमा जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो । खोप अभावका कारण आई.पि.भि. खोपबाट वञ्चित भएका देशभरका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई अभियान सञ्चालन गरि खोप लगाइदैछ ।
आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियो रोगको सम्भावना हुने हुँदा अभियानमार्फत खोप लगाइन लागिएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार डोटीमा जेठ १३ गतेदेखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । बडिकेदार, बोगटान फुड्सिल, पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिकामा १३ गते देखि १८ गतेसम्म अभियान सञ्चालन हुने कार्यतालिका छ ।

nawajiwan
Attariya Hospital

त्यसैगरी सायल गाउँपालिकामा १९ गतेसम्म, दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकामा २० गतेसम्म, केआई सिंह गाउँपालिकामा २१ गतेसम्म र आदर्श गाउँपालिकामा २२ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ ।

अभियानका क्रममा दिपायल सिलगढी नगरपालिकाका ५७ खोप केन्द्रबाट २ हजार ४ सय ४८ जना, सायल गाउँपालिकाका ३७ खोप केन्द्रबाट १ हजार ५ सय ७८ जना, के.आई.सिंह गाउँपालिकाका ४३ खोप केन्द्रबाट १ हजार ४ सय ९३ जना र पुर्विचौकी गाउँपालिकाका ४९ खोप केन्द्रबाट १ हजार ३ सय ३८ जना बालबालिकालाई खोप लगाइनेछ ।

त्यस्तै शिखर नगरपालिकाका ७८ खोप केन्द्रबाट १ हजार ३ सय ४ जना, आदर्श गाउँपालिकाका ४५ खोप केन्द्रबाट १ हजार १ सय ६२ जना, बोगटान फुड्सिल गाउँपालिकाका ३९ खोप केन्द्रबाट १ हजार ९३ जना, जोरायल गाउँपालिकाका ४५ खोप केन्द्रबाट १ हजार ७९ जना र बडिकेदार गाउँपालिकाका ३७ खोप केन्द्रबाट ७ सय ४२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।