गरिबीको रेखामुनि रहेका बाल बालिकाको साहरा बन्दै तरुण दलका सभापति भट्टराई

Image
Nisarga Hospital

अत्तरिया: नेपाल तरुण दल गोदावरी नगर सभापति रमेश भट्टराईले बिद्यालयमा फर्निचर सामाग्री सहयोग गर्नुका साथै दुईजना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेका छन ।

गोदावरी नगरपालिका ३ मा रहेको मुक्ति प्राथमिक बिद्यालयमा फर्निचर एवम् खेलकुद सामग्री सहयोग गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका दुई बालिकालाई पढाईका लागि सहयोग गरेका हुन् ।

CP Hospital Dhangadhi

सोही वडाका युवा व्यवसायी समेत रहेका नगर सभापति भट्टराईले मुक्तिशिविर बस्ने आर्थिक अवस्था नाजुक भएका चुनु चौधरीकी छोरी कक्षा २ मा पढ्ने सृष्टि चौधरी र सम्झना चौधरीकी छोरी कक्षा ३ मा पढ्ने सिमरन चौधरीलाई पढाईका लागी चाहिने सामग्रीहरु सहयोग गरेका छन् । उनले आज बिद्यालयमा पुगेर दुबै बालिकालाई बिद्यालयको पोशाक र स्टेश्नरी सामाग्री सहयोग गरेका हुन् । परिवारको आर्थिक अवस्था नाजुक हुँदा छोराछोरीलाइ पढाउनका लागि शैक्षिक सामग्री र स्कुल पोसाक समेत खरिद गर्न समस्या हुने गरेको थियो ।

oplus_1024
nawajiwan

आर्थिक अभावले समस्यामा रहेका दुवै परिवारलाई केही राहत होला भन्ने उद्देश्यले २ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको युवा व्यवसायी तथा नगर सभापति भट्टराईले बताए । ‘मैले आर्थिक अवस्था कमजोर हुँदा पढ्न गाह्रो हुने अवस्था भोगेको छु, म पनि कसैको सहयोगले यहासम्म पुगेको हु’ भट्टराईले भने ‘मेरो जस्तै भोगाई अरुलाई नहोस, आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बालबालिका बञ्चित नहोउन भन्नका लागि मैले यो काम गरेको हु ।’

oplus_0
Attariya Hospital

उनले आफ्नो सानो सहयोगले कसैलाई ठुलो राहत पुग्छ भने आफु त्यस्तो सहयोग गर्नबाट कहिल्यै पनि पछि नहट्ने बताए । जेहेन्दार विद्यार्थीहरुले आर्थिक अभावकै कारण पढाई छाड्नुपर्ने अवस्था नआओस भन्ने आफ्नो चाहना रहेको उनले बताए । सोही अनुरुप विभिन्न विद्यालयहरुमा यस्ता कार्यहरु गरिरहेको उनको भनाई छ । आफ्ना बालबालिकाहरुलाई पढाईदिने भएपछि बालबालिकाका अभिभावकहरु पनि खुसी भएका छन ।

oplus_0

यस्तै युवा व्यवसायी तथा नगर सभापति भट्टराईले मुक्ति प्राथमिक विद्यालयलाई पनि फर्निचर एवम् खेलकुद सामग्री सहयोग गरेका छन । उनले विगतदेखी नै चलाएको अभियान अन्र्तगत विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग गरेका हुन ।

oplus_1024

उनले विद्यालयलाई ४ वटा राउन्ड टेबल, एउटा दराज, ४ वटा ह्वाईट बोर्ड, ६ वटा बल गरी करिब ५० हजार बराबरका सामग्री सहयोग गरेको बताए । उनले यसअघि सोही वडामा रहेको सरस्वती आधारभुत विद्यालयलाई पनि फर्निचर एवम् स्टेशनरी सहयोग गरेका थिए । उनले आफुले अभियानको रुपमा यसलाई सञ्चालन गरेको र नगरका सबै वडाहरुमा यो अभियानले काम गर्ने समेत बताए ।