जयपृथ्वी नगरपालिका ८ स्थित जालपा आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण

Image
Nisarga Hospital

बझाङः जयपृथ्वी नगरपालिका वडा नम्बर ८ स्थित जालपा आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालयलाई आज हस्तान्तरण गरिएको छ । प्रगतिशील युवा समाज बझाङ , वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग , जयपृथ्वी नगरपालिका सँगको समन्वयमा भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र बालमैत्री विद्यालय भवन निर्माण गरिएको हो ।

CP Hospital Dhangadhi

उक्त विद्यालय आज एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तर गरिएको हो । लामो समय देखि गुणस्तरीय शिक्षाका सवालमा काम गर्दै आएको वल्र्डभिजन इन्टरनेशनल नेपाल र प्रगतिशील युवा समाज बझाङले समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत ४८ लाख सततिस हजार ४ सय ६१ रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरेको हो ।

nawajiwan

स्वागत मन्तव्य राख्दै विद्यालयका प्रअ धुब्रराज जोशीले विद्यालयमा उक्त संस्थाले विद्यालय भवन देखि शैक्षिक सामग्री वितरण गर्दा शैक्षिक क्षेत्रमा राम्रो फडको मारेको बताउनुभयो । विद्यालयले नया भवन पाएपनि अझै शौचालय जीर्ण रहेकाले नगरपालिका वा संस्थाबाट शौचालय बनाइ दिए आभारी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रगतिशील युवा समाजका सहसचिव प्रविन्द धामीले आफूहरू शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक सामाग्री वितरण,विद्यालय भवन निर्माण, शौचालय निर्माण लगायतका क्षेत्रमा कार्य गदै आएकोले दिन प्रति दिन विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भए शैक्षिक सुधारका कार्यक्रम थप हुँदै जाने बताउनुभयो । विद्यार्थी सँख्या नहुने भवन मात्र बन्ने देखिएकाले विद्यार्थी टिकाइ राख्न सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

Attariya Hospital

यस्तै प्रगतिशील युवा समानका अध्यक्ष रमेश केसिले संस्थाले विभिन्न पालिमा जीविकोपार्जन,गुणस्तरीय शिक्षा, भौतिक क्षेत्र लगाएतमा काम गरीरहेको बताउदै बनाएका संरचनाको हेरचाह संरक्षण गर्न अनुरोध गर्नुभयो । अधिकाँस ठाउँमा विद्यालय भवन बन्ने तर विद्यार्थी सँख्या न्यून रहने भएकाले विद्यार्थी टिकाइ राख्न भर्ना अभियान प्रभाबकारी बनाउन सुझाब दिनुभयो ।

विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले संस्थाले निर्माण गरि दिएका विद्यालय भवन बालबालिका लागि भएकाले यसको संरक्षण र सम्बद्धनमा विद्यालयले ध्यान दिन जरुरी रहेको बताउनुभयो । अन्य विद्यालयको तुलनामा नगरपालिका भित्र उक्त विद्यालयको शिक्षा क्षेत्रमा राम्रो सुधार गरेको उहाँको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिन्देश्वरी जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजाल रहनुभएको थियो । कार्यक्रममा प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसी ,सहसचिव प्रबिन्द्र धामी, कार्यकारी निर्देशक लवराज जोशी ,नगर कार्यपालिका सदस्य,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।