
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी नगर स्तरिय समन्वय समितिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको उच्च गुणस्तरीय किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य शाखा द्वारा आयोजित कार्यक्रममा नगर स्तरिय समन्वय समितिलाई किशोर किशोरीको अबस्थामा के कस्ता क्रियाकलाप हुने गर्छन, कसरी सुन्दर भविश्ब बनाउन सकिन्छ, कसरी कुलत तथा दुर्बेशनीबाट वचाउन सकिन्छ भनि अभिमुखीकरण कार्यक्रम संचालन गरेको जानकारी स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन ।

कार्यक्रममा गोदावरी नगर उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, वडा न. ७ की वडा अध्यक्ष कलवती साउद, घण्टेश्वर बिद्यालयमा अध्ययनरथ तथा नगर बालक्लबका अध्यक्ष , स्वास्थ्य शाखाका प्रतिनिधि, शिक्षा शाखाका बिश्नुराज अवस्थी लगायतको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा किशोर किशोरीहरुले के कस्ता क्रियाकल गर्दै आएका हुन्छन, कसरी शैक्षित गतिबिधिमा ल्याउने, गोदावरी नगरपालिकामा किशोर किशोरीको अबस्था कस्तो छ लागायतका क्रियाकलाप सहिको प्रस्तुतीकरण गर्दै स्वास्थ्य शाखा प्रमुख अबश्थीले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको बैठकमा किशोरकिशोरीको उपस्थिति सुनिश्चित गराउने, किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन गर्न अभिमुखीकरण कार्यक्रम संचालन गर्ने गराउने लगायतका कुराहरुको बिमर्श भएको थियो ।

तेसै गरी स्वास्थ्य संस्थाबाट प्रदान भएको स्वास्थ्य सेवा किशोरकिशोरी मैत्री मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने गराउने, निर्देशिकामा तोकिएको प्रकृया पुरा गरी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्ने , किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन भएका संस्थाले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था, सेवाको गुणस्तर, औषधी, औजार उपकरण, जनशक्ति व्यवस्थापन लगायतका विषयमा महाशाखा र प्रमाणीकरण गर्ने निकायले समय समयमा अनुगमन गर्नु पर्ने बताएका छन ।
तेस्तै गरी किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा विस्तारभएका संस्थाहरुको अनुगमन मूल्यांकनवाट उत्कृष्ट रहेका स्वास्थ्य संस्थालाई महाशाखा प्रदेश मन्त्रालय स्थानीय तहले प्रोत्साहन गर्नेछ । भने स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाको अभिलेख नेपाल सरकारले तोके बमोजिमका फाराममा राखी मानिक रूपमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्नु पर्नेछ ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख शारदा देवी रोकायाले किशोर किशोरीहरुको हक हत सँगै बिद्यालय तथा शिक्षणसंस्थामा जनचेतना फेलाउने, लागू औषध, आफ्नो जीवन कालमा कति सन्तान जनामाउने, पछिल्लो समयमा कुलत र दुर्बेशेनीमा फस्दै गरेका बालबालिकालाई कसरी अगाढि बढाउन सकिन्छ, तिहिहरुको सुन्दर भविश्य कसरी कोर्ने लगायतका कुराहरुमा ध्यान दिनु पर्ने बताएका छन ।


































