
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.०८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०८ रुपैयाँ रहेको छ ।








































