मेलौलीमा बाख्रा वितरण कार्यक्रममा मनोमानीः सिमित टोल र आफन्तलाई वितरण

Image
Nisarga Hospital

बैतडीको मेलौली नगरपालिका वडा नं २ र ३ मा बाख्रा बितरण कार्यक्रममा मनोमानी भएको आरोप लागेको छ । आफुखुसी किसानहरु छनौट गरेको र मनपरी तरिकाले बाख्राहरु बितरण गरेको आरोप लागेको हो । वडा नं २ र ३ का २५÷२५ परिवारलाई बाख्रा वितरण गरिएको थियो ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकार मातहतको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत बिनियोजित बजेटबाट एक समूह गठन गरि बाख्रा वितरण गरिएको थियो ।

वडा नं २ का देवदत्त भट्टको अध्यक्षतामा ७ सदस्यीय बाख्रा वितरण समिति गठन गरिएको हो । उक्त समितिमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मेलौली नगरपालिकाका प्राविधिक पनि सामेल थिए । उक्त समितिले बाख्रा वितरण गर्दा किसान छनौटमा मनपरी गरेको र आफुखुसी कार्यक्रम गरेको स्थानीयहरुले आरोप लगाएका छन् । तर वडा कार्यालयले नै किसानहरु छनौट गरेको खुलेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उक्त समितिले वडा कार्यालयको समन्वयमा वडा नं २ का सेली, स्याडी, पुजरगाउँ र सिम्नोला तथा वडा नं ३ का ढणौन र कुजागाडका केही परिवारलाई मात्रै बाख्रा वितरण गरेका थिए । त्यसपछि त्यहाका स्थानीयहरुले गरिब, असहाय र दलित परिवारलाई बाख्रा वितरण नगरी सम्पन्न परिवारलाई बाख्रा वितरण गरेको गुनासो गरिएको हो । वडानं २ का स्थानीय महादेव भट्टले गरिब तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई दिनुपर्ने धारणा राखेको भएपनि आफुलाई उक्त कार्यक्रममा समावेस गरेको बताएका छन् ।

‘मैले समुह निर्माण गरेको दिन नै मलाई राख्नु भन्दा अरु बाख्रा पालन गरिरहेको व्यक्तीलाई राख्नुहोस् भन्दा पनि मलाई जबर्जस्ती राखियो र त्यस पछि मैले सिधै बाख्रा वितरण भएकै दिन थाहा पाए, तर मलाई बाख्रा दिनु भनेर भनेकाे पनि होइन,कुनै गरिब आर्थिक अवस्था कमजोर भएकालाई दिनु भन्ने मेरो धारणा हो,’भट्टले भने । भोलि विवाद गर्ने हुन् भन्ने मनसायले केही टाँठाबाँठाहरुलाई दिएको उनको भनाइ छ ।

सेली टोलमा मात्रै करिब ४० परिवार रहेकोमा १५ परिवारले बाख्रा पाएका छन् भने, त्यसगरी बढी जनसंख्या रहेको सिम्नोला, स्याडी, लिखोडा र पुजरगाउँमा १० जनालाई मात्रै वितरण गरिएको छ । बढी जनसंख्या र परिवार संख्या रहेको क्षेत्रमा समिति परिवारलाई मात्रै बाख्रा वितरण गरेको देखिएकाले यसबाटै मनोमानी भएको पुष्टि भएको स्थानीयहरुको भनाइ छ ।

यसैगरी शिक्षक तथा जागिरे भएका परिवारलाई बाख्रा वितरण गरिएको समेत आरोप रहेको छ । एकाघरका दाजुभाईलाई समेत बाख्राहरु वितरण गरेको त्यहाका स्थानीयहरुको भनाइ छ ।

राजनितिक दलमा आबद्ध भएकाहरु र आफन्तलाई यस कार्यक्रममा समेटेको पनि व्यापक गुनासो गरिएको छ । यसैगरी निवर्तमान जनप्रतिनिधिलाई समेत बाख्रा दिइएको पनि बताइएको छ ।

वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले ३ वर्षे कार्यक्रम भएकाले यस कार्यक्रमबाट आगामी वर्षहरुमा थप अन्य किसानहरु कार्यक्रममा समाबेस हुने बताएका छन्। सेली टोलमै अधिकांश किसानहरु बाख्रा वितरणको छनौटमा किन परे? भन्ने प्रश्नमा पनि वडा अध्यक्ष भट्टले बाख्रा पालनको सम्भावना र किसानहरुको संख्यालाई मध्यनजर गर्दै छनौट गरिएको बताएका छन् । वडाबाटै किसानहरु छनौट भएको पनि वडा अध्यक्ष भट्टले स्पष्ट पारे ।

यसैगरी बाख्रा वितरण समितिका अध्यक्ष देवदत्त भट्टले बाख्रा बृहत्तर उत्पादन विकास कार्यक्रमको कार्यविधि अनुसार कार्यक्रम कार्यान्वयन गरेको दावी गरेका छन् ।

यस कार्यक्रमको लागि माघ ७ गते समिति गठन गरिएको थियो । देवदत्त भट्टको अध्यक्षतामा रहेको यस समितिमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पशु चिकित्सक डा. बिशाल पाठक र मेलौली नगरपालिकामा कार्यरत पशु प्राविधिक खेमराज जोशी पनि छन् ।
यो कार्यक्रम २० लाख ९६ हजारको कार्यक्रम हो । यस कार्यक्रममा १९ लाख ६ हजार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रको रहेको छ भने १ लाख ९० हजार रुपैया किसानको लगानी रहने उल्लेख थियो ।

यो कार्यक्रम बाख्रा वितरण मात्रै होइन, औषधी खरिद तथा वितरण, कही प्राविधि औजार, उन्नत जातका बोका खरिद र घाँस खरिदको कार्यक्रम रहेको छ । यस अन्तरगत घाँस मात्रै आउन बाकी रहेको छ भने अन्य सबै विवरण खरिद गरि सकिएको छ ।
यस समितिका अध्यक्ष भट्टका अनुसार १२ लाख ६५ हजार रुपैयाका बाख्रा खरिद गरिएको हो । यसमा किसानहरुको १५ प्रतिशत लगानी उल्लेख थियो ।

औषधी तथा खोप खरिदमा १ लाख ७४ हजार बिनियोजन गरिएको थियो । अभिमुखिकरण कार्यक्रममै ६५ हजार रुपैया थियो । यो अभिमुखिकरण बैशाख १५ मै गरिएको थियो ।
नस्ल सुधारको लागि २ लाख २० हजारमा ४ वटा बोका पनि खरिद गरिएको बताइएको छ ।
६० हजार रुपैयामा क्याटेक मेसिन पनि खरिद गरिएको छ ।

१ लाख ९७ हजार ८ सय मुख्यको घाँस र बोटहरु खरिद गरिदै छ, यसमा किसानहरुका १५ प्रतिशत लगानी हो ।
बाख्रा ढुवानीमै ९० हजार खर्च भएको बताइएको छ ।

सार्वजनिक सुनुवाईमा १० हजार रकम थियो भने १५ हुटिङ बोर्ड निर्माण गरिएको समितिको भनाइ छ ।
यसैगरी २ महिनाको लागि प्राविधि पनि नियुक्त गरिएको समितिले जनाएको छ ।

सुरुवमा बाख्रा वितरण कार्यक्रम स्वीकृत भएदेखि सम्झौता र स्वीकृत हुदासम्म प्रत्येक समयमा समुह र लक्षित किसानहरुसँग छलफल नरिन्तर राखेको समितिका अधयक्ष भट्टले दावी गरेका छन् । सबैजसो किसानहरुले यसमा कुनै नकारात्मक प्रतिक्रिया नजनाएको र बाहिरका हरुले यसमा गलत ढंगले व्याख्या परेको उनको भनाइ थियो ।

सामाचार साभार – रेडियो सेभन स्टार

Dhnagadhi & Krishanapur