चितुवाको आक्रमणबाट एक महिला घाइते

Image
Nisarga Hospital

बैतडी: चितुवाको आक्रमणबाट बैतडीमा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाकाे मेलौली नगरपालिका ८ कोटिगाँउकी ३२ वर्षीया भानु विष्ट रहेकी छन्।

CP Hospital Dhangadhi

शुक्रबार दिउँसो साढे ३ बजे घर नजिकै डाडापारी भन्ने ठाँउमा भानुलाई चितुवाले आक्रमण गरेकाे स्थानीय अकबर राम लुहारले जानकारी दिनुभयाे।

आक्रमण गरे लगत्तै हो-हल्ला गरेपछि चितुवा भागेको जनाईएको छ। घाईते विष्टको चितुवाको आक्रमणबाट घुडामुनी घाउ रहेकाे र उनकाे बिशालपुर स्वास्थ्य चौकिमा उपचारका लगिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गाउँमै चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन। तल्लाेस्वराड क्षेत्रमा गएकाे १३ वर्षयता चितुवाको आक्रमणबाट २८ जनाकाे ज्यान गइसकेको छ।

Dhnagadhi & Krishanapur