मुहान सुकेपछि खोटेसल्लाको वनले पानीका लागि काफलका बिरुवा रोप्ने तयारी

Image
Nisarga Hospital

बैतडी: खोटेसल्लाको वनले पानीका मुहान सुकाएपछि यहाँ काफलका बिरुवा रोप्ने तयारी भएको छ । काफल रोप्न चार हजार खाडल खनिएका छन् । काफलको रुख बाह्रै महिना हरियो हुने गर्छ । यो प्रजातिले पानी सञ्चित गर्ने भएको र काफलको फल बेचेर आम्दानीसमेत गर्न सकिने भएकाले यस्तो प्रजाति रोप्ने तयारी गरिएको हो ।

CP Hospital Dhangadhi

खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका–९, विशालपुरका सामुदायिक वनमा काफल रोप्न चार हजार खाडल तयार पारिएको वडाध्यक्ष लोकराज भट्टले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९५ जना महिलाले खाडल तयार पारेको उनले बताए। उनले सल्लाका वनमा बर्सेनि आगलागी हुँदा अन्य हरियाली बिरुवा नाश भएपछि काफल रोप्न खाडल खनिएको बताए।

Attariya Hospital

स्थानीय असुर–मौजा सामुदायिक वनको टिकको लेकमा खाडल तयार पारिएको सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताए । सल्लाको रुख एकैचोटि विस्थापित गर्न गाह्रो हुने भएकाले हरेक वर्ष चार हजार खाडल खनेर पानी सञ्चित गर्ने बिरुवा रोप्ने लक्ष्य राखिएको सामुदायिक वन उपभोक्ता समितिका सचिव रामदत्त भट्टले बताए । सल्लाको वनका कारण तल्लो स्वराड क्षेत्रको पाटन, मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिका–१ का अधिकांश पानीका मुहान सुक्दै गएका छन् । सल्लाको रुखले पानी सञ्चित गर्न नसक्ने भएकाले विकल्पमा अन्य बिरुवा रोप्नुपर्ने डिभिजन वन कार्यालय बैतडीका अधिकृत दिलीपकुमार यादवले बताए ।

nawajiwan

खोटेसल्लाको वन क्षेत्र भएको शिवनाथ गाउँपालिकामा पानीका सबै मुहान सुकेपछि महाकाली नदीबाट पानी लिफ्ट गर्न ४४ करोड रुपियाँको गुरुयोजना तयार भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले भने, “सल्लाको वन त पूरै हटाउनुपर्ने देखियो । खोटेसल्लाका कारण शिवनाथमा पानीका मुहान सुके । सल्लो हटाउनुअधि वनमा अन्य प्रजातिका बिरुवा बाज, काफल, लालीगुँरास, सिलङ्गो रोप्नु पर्छ । सामुदायिक वनका पदाधिकारीले यस्तो कार्यक्रम ल्याए गाउँपालिकाले सक्दो सहयोग गर्ने छ ।”