कैलालीलाई हराएर बैतडीले जित्याे यू-१९ सुदूरपश्चिम छनाैटकाे उपाधि

Image
Nisarga Hospital

बैतडी: वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटकाे उपाधि बैतडीले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा कैलालीमाथि ७४ रनकाे जित निकाल्दै उपाधि रक्षा गरेकाे हाे।

CP Hospital Dhangadhi

बैतडीले दिएकाे २३१ रनकाे लक्ष्य पछ्याएकाे कैलाली २५.५ ओभरमा १५६ रनमा अलआउट भयाे।
उसका नरेन साउदले अर्धसतकीय पारी खेल्दै ६२ रन बनाएपनि अन्य ब्याटरले खासै प्रदर्शन गर्न नसक्दा कैलालीले उपविजेतामै चित्त बुझायाे।

बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट हात पारे। म्यान अफ द फाइनल समेच चुनिएका सचिनले ७.५ ओभरमा ४१ रन खर्चिदै ६ विकेट लिएका हुन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेकाे बैतडी ४५ ओभरमा २३० रनमा समेटियाे।
जसमा आयुस चन्दले अविजित ६३,कप्तान नरेन भट्टले ४८,सुमित बुडालले ३८, सचिन भट्टले २६ रन याेगदान गरे।
कैलालीका लागि डम्बर माझी र भुपेश जाेशीले ३/३ विकेट झारे।

विजेता उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का,परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जाेशी , केन्द्रीय सदस्य धिरेन्द्र सावद,विक्रम विष्ट,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशी,उपाध्यक्ष रमेश बाेहरा,सचिव लक्ष्मण भट्टलगायतले पुरस्कार वितरण गर्नुभयाे।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे थिए ।

याे छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।

Dhnagadhi & Krishanapur