
बैतडी: बैतडीमा एक पुरुष बेपत्ता भएपछि शिक्षिका पक्राउ परेकी छन् ।

जिल्लाको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्ट बेपत्ता भएपछि शिक्षिका ३६ वर्षीया भागरथी विष्ट पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय पाटनले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
वीरभान शनिबारदेखि परिवारको सम्पर्कमा नआएका भन्दै खोजिका लागि उनका भाइ खडक विष्टले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले आज बिहान ६ बजेबाट सुरक्षाकर्मी परिचालन गरेर खोजी गरिरहेको छ ।






































