अछाममा १६ वर्षीया किशोरीमाथि सामूहिक करणी

Image
Nisarga Hospital

अछाम : अछाममा छाउगोठमा बसेकी एक किशोरीमाथि जवरजस्ती करणी भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा १६ वर्षीया किशोरीमाथि सोमवार राति सामूहिक करणी भएको हो।

CP Hospital Dhangadhi

किशोरी करणीको आरोपमा प्रहरीले एक स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन। उनलाई अचेत अवस्थामा देखेपछि मंगलवार बिहान स्थानीय एक किशोरीले प्रहरीलाई खबर गरेकी थिइन्।

स्थानीय किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुखलगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो। जिल्ला अस्पताल अछाममा गरिएको स्वास्थ्य परीक्षणमा उनी करणी भएको पुष्टि भएको हो। अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि करणी गरेको प्रहरीलाई बताएकी छन्। उनले स्थानीय १७ वर्षीय किशोरलगायत तीन–चार जनाले जवरजस्ती करणी गरेको बताएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur