सुदूरपश्चिमका १८ विद्यालयमा सेनाको सेवा दल तालिम सञ्चालनमा

Image
Nisarga Hospital

बैतडीः सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका अठार सामुदायिक तथा नीजि विद्यालय छनौट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम सुरु गरेको छ ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम पतृना अत्तरीया तेघरीले दिएको जानकारी अनुसार सिसम् ५० राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम सुरु गरिएको हो ।
सेनाको सुदूरपश्चिम पृतनाले दिएको जानकारी अनुसार यहाँबाट सिफारिस भई छनौट भएका विद्यालयहरुमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सुरुवात गरेका हुन ।

यहाँ कञ्चनपुरका ६, कैलालीमा ३, डडेल्धुरा र दार्चुलामा २÷२, बाँकी डोटी, अछाम, बाजुरा, बझाङ्ग र बैतडीमा एक÷एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

युवा वगलाई अनुशासित, वफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक बर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयहरुमा सञ्चालन गर्दै आएको छ ।
यस क्रममा शुक्रबार बिहान महेन्द्रनगरस्थित श्री राष्ट्रियउ बाल बिद्यालयमा पनि सो तालिमको श्री नं। २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापाले उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सेनाको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नंं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्द, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जंग ठकुरी, कञ्चनपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, राष्ट्रिय विद्या निकेतनका प्रधानाध्यापक महेश भट्ट लगायतको सहभागिता रहेको थियो ।
जुनियर डिभिजन तालिममा छनौट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ ।

श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जंग ठकुरीले कञ्चनपुरका पाँच विद्यालयका तालिम सञ्चालन भइसकेको र छनौटमा रहेको थप एक विद्यालयको तालिम केही दिनमा सुरु हुने जानकारी दिनुभयो ।
सेनाले दिएको जानकारी अनुसार २०२२ सालदेखि मुलुकमा नेपाली सेनाले विद्यार्थीहरुलाई सो तालिम दिदै आएको र हालसम्म ७४ हजार भन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ ।

Dhnagadhi & Krishanapur