
डेउडा प्रतिष्ठान भारत शाखा पंजाबको तदर्थ समिति गठन सम्पन्न भएको छ ।

कलाकर्मी कृष्ण शाही अध्यक्षतमा बसेको भेलाले लोकेन्द्र परियारको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । तदर्थ समितिको उपाध्यक्षमा लक्ष्मी साउँद ,सचिवमा अनिल बलायर, कोषाध्यक्ष बिना शाही,सह-कोषाध्यक्ष कृष्ण बटुवाल लाई चयन गरिएको संस्थाका सचिव अनिल बलायरले बताउनु भयो ।

त्यस्तै सदस्यहरुमा मनिका बराल , अन्जली सारु मगर, गंगा पुन मगर, गोविन्द बराल, शेर मल्ल, तुलली सिर्माल लाई चयन गरिएको छ ।
संस्थापक/ संरक्षकमा विकास साउँद, नारायण दत्त भट्ट, वि.बि भण्डारी चयन हुनु भएको छ भने सल्लाहकार समितिमा कृष्ण शाही, रमेश साउँद, अभय दियाकोटी, र दिपक साउँद चयन हुनु भएको छ ।

पंजाबमा यो तदर्थ समिति गठन संगै विभिन्न चाडपर्वमा नेपाल जस्तै गरेर प्रबासमा आफुहरु संस्कृतिको जगेर्ना संगै संस्थागत कार्यक्रम गर्ने संस्थाका सचिव अनिल बलायरले बताउनु भयो ।
प्रतिष्ठानको हरेक बर्ष विशेष कार्यक्रम रहने भएकाले यसपटक २०८१ साललाई केन्द्रीय समितिले संगठन बिस्तार र सदस्यता बितरण बर्षका रुपमा बढी जोड दिएको संस्थाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) ले बताउनु भयो । भारत लगायत देशका अन्य ठाउँ संगठन बिस्तार र सदस्यता बितरण निरन्तर अघि बढेको बताउनु भयो ।

































