बाजुराको स्वामिकार्तिक खापरका जनताले बल्ल धाराको सफा पानी खान पाए

Image
Nisarga Hospital

पुस्तौ देखि खोलाको धमिलो पानी पीउँदै गरेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ रुडिका स्थानीयले यती बेला बल्ल धाराको सफा सुग्घर पानी खान पाएका छन् ।

CP Hospital Dhangadhi

गाउँपालिकाको अथक प्रयासपछि तुसारे मुहानको पानी रुडिको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा सुग्घर पानी खान पाएका हुन् ।


पुस्तौ देखि खोलाको धमिलो पानी खान बाध्य थियौ । यती बेला गाउँमै निर्माण भएका धाराबाटसफा सुग्घर पानी खान पाएको स्वामिकार्तिक खापर गाउँपालिका –१ रुडिका लालपुरा दमाईले बताएका छन  ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उहाँले भन्नुभयो, “ खोलाको पानी खाँदा वर्खाको समय रुघाखोकी ज्वरो र झाडा पखाला लाग्ने गरेको थियो । धाराको सफापानी खाने पाएपछि अहिले भने केही भएको छैन ।”

पहिला यहाँका महिलालाई एक घण्टा पैदल हिडेर खोलाको पानी ल्याउन जानु पर्ने समस्या पनि यती बेला हटेको छ । साथै गाउँमा सधै फोहर हुने गरेको शौचालय पनि सफा हुने गरेको दमाईले बताए ।


स्वामिकार्तिक खापर गाउँपालिकाको सबै भन्दा विकट गाउँको रुपमा रहेको रुडिमा खानेपानी नहुँदा यहाँका स्थानीयले पुस्तौँ देखि खोलाको धमिलो पानी खानु पर्ने समस्या भोग्दै आउनु परेको रुडिका स्थानीय देवसुरु कार्कीले बताउनुभयो ।
२०७७÷७८ सालमा गाउँमा ल्याएको खानेपानी पहिरोको कारण बन्दभएपछि गाउँमा खानेपानीको समस्या हुँदै गएको तुसारे रुडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अङ्गलााल धामीले बताए ।

उहाँलेभन्नभुयो, “पहिरोका कारण खानेपानीका पाईप नष्ट भएपछि दुइ वर्ष देखि गाउँमा खानेपानीको अभाव भएको हो ।”
अहिले फेरि यती बेला लामो समयको मेहनेतपछि गाउँपालिकाको आर्थिक सहगोगमा ती पाईपलाई खम्बाको आडमा आकाशमा राखेर गाउँमा ल्याएपछि यहाँका स्थानीयलाई खानेपानीको सहज भएको अध्यक्ष धामीले बताए ।


दुइ वर्ष देखि खानेपानी नहुँदा यहाँका स्थानीयले खोलाको धमिलो खानेपानी खाने गरेका थिए । गाईभैसी र मानिसको एकै ठाउँको खानेपानी भएकोले यहाँका अधिकाशंलाई वर्खाको समय रुघाकोखी ज्वरो तथा पखाला लगायतका रोग लाग्ने गथ्र्यो ।
यती बेला दुइ वर्षको अथक प्रयासपछि बल्ल रुडिका स्थानीयलाई खानेपानी खुवाउन सफल भएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

उहाँले भन्नुभयो , “तुसारे देखि रुडिको गाउँको बीचमा झण्डै पाँच किलोटिर लम्बाई पहिरो लागेकोले त्यो ठाउँमा यती बेला पलामको खम्बाको साहारा लिएर आकाशमा खानेपानीका पाइप राखेर बल्ल गाउँमा खानेपानी पुगाएका छौ । ”
विभिन्न बाधा अड्चनका बाब्जुत तुसारेको पानी रुडिको गाउँमा पुगेपछि अहिले यहाँका १७३ घरपरिवारलाई खानेपानीको निकै सहज भएको छ ।

यो भन्दा पहिला त्यहाँ खानेपानीको मर्मत गर्न जाँदा दुइ वर्ष अगाडि यहाँका दुइ जनाको पहिरोमा परि मृत्यु भएको थियो । गाउँमा खानेपानी नआएपछि उनीहरु पानीको मुहानमा जानेबेलामा माथीबाट पहिरो आएको ती दुइ जनाको मृत्यु भएको हो ।

जमिनमा पहिरोको कारण पाइन दबाउँन नसकेपछि यहाँका स्थानीय खम्बाको सहाराले आकाशमा खानेपानीको पाइप तान्दै । त्यो डरले नै यती बेला पहिरो भएको ठाउँमा खानेपानीको पाईप खम्बाको सहाराले आकाशमा ल्याएर गाउँमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थान्ीयलाई यती बेला खानेपानीको निकै सहज भएको अध्यक्ष रोकायाले बताए ।

Dhnagadhi & Krishanapur