अविरल वर्षापछि आएको पहिरोले मार्तडी-कोल्टी सडक अवरुद्ध

Image
Nisarga Hospital

बाजुरा : अविरल वर्षापछि आएको पहिरोले जिल्लाको पूर्वी-उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ ।

CP Hospital Dhangadhi

मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमा समस्या भएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur